नेपाल भारत संयुक्त सैनिक अभ्यास सुरु



काठमाडौं ।

नेपाल भारत संयुक्त सैनिक अभ्यास सोमबारबाट भारतको पिथौरागढमा शुरु भएको छ । सूर्य किरण नाम दिइएको उक्त अभ्यासको यो १५ संस्करण भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले जानकारी दिनु भयो ।

गतबर्ष नै आयोजना हुनुपर्ने उक्त अभ्यास कोरोना संक्रमणका कारण रोकिएको थियो । यस बर्ष कोरोना संक्रमणको दर घट्दै गएपछि दुवै देशका सैनिकले संयुक्त सैनिक अभ्यास शुरु गरेका हुन ।उक्त तालिमका दौरान प्रतिबिद्रोह र जंगल वारफेरको बारेमा अभ्यास हुने प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

भदौ १७ गते सम्म संचालन हुने उक्त तालिममा नेपाली सेनाको तर्फबाट प्रमुख सेनानीको नेतृत्वमा ३ सय जना सहभागी रहेका छन भने भारतीय स्थल सेनाको लेफटिनेन्ट कर्णेलको नेतृत्वमा ३ सय ५० जना भारतीय सैनिक तालिममा सहभागी रहेका छन ।

प्रतिक्रिया दिनुहोस्