सभामुखविरूद्ध ओलीले दायर गरेको रिटमा सुनुवाइ जारी



न्युज अप नेपाल,  काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखविरूद्ध दायर गरेको रिटको सुनुवाइ संयुक्त इजलासमा जारी छ ।माधव कुमार नेपालसहित १४ सांसदलाई गरिएको कारबाहीमा सभामुखको भूमिका र निर्वाचन आयोगको निष्पक्षतामा प्रश्न उठाउँदै ओलीले आयोगलाई समेत विपक्षी बनाएर मुद्दा दायर गरेका थिए ।

उक्त मुद्दाको सुनुवाइ न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा जारी छ।कारवाही गरिएका १४ सांसदसमेतको हस्ताक्षर सनाखत गराएर नयाँ दल गठन गरिएको भन्दै निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका थिए ।एमालेले माधव नेपालसहित १४ सांसदलाई कारवाहीको माग गर्दै संसद बैठक लगातार अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्