संसद भवनमा एमाले शीर्ष नेताबीच छलफल



न्यज अफ नेपाल, काठमाडौं ।

संसद भवनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित गरिएपछि शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।

एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, प्रमुख सचेतक विशाल भट्टराईलगायतका नेताहरूबीचको छलफल जारी छ ।

सभामुखको भूमिकाप्रति असन्तुष्टी जनाउँदै एमालेले निरन्तर सदन अवरुद्ध गरिरहेको छ । आफूले कारवाही गरेका १४ सांसदको पदमुक्तको सूचना टाँस गर्नुपर्ने वा राजीनामा दिएर मार्ग प्रशस्त गर्न एमालेले सर्त अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्