बुटवलका मेयर सुवेदीलाई बाढीपीडीतले गरे मुक्का प्रहार (भिडियोसहित)



यमलाल भुसाल, बुटवल । 

बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीयले मुक्का प्रहार गरेका छन्। बुटवल उपमहानगरपालिकाका मेयर सुवेदीलाई बाढी पहिरो पीडीतले हातपात गरेका छन।

नगरको ज्योतिनगरमा गएको पहिरो रोकथाम र पीडित जनतालाई राहात नदिएको भन्दै मेयर सुवेदीलाई पहिरो निरिक्षण गर्न गएको दौरानमा सोमवार हातपात गरेका हुन । केही दिनअघि लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका थिए। स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै आक्रोश पोख्दै आएका थिए ।

पहिरो अवलोकनका लागि मेयर,नगर प्रहरी,नेपाल प्रहरीको टोली पुगेको थियो ।सो स्थानमा केहिदिन अघि पहिरो खसेर घरहरूमा क्षति पुर्याएको थियो ,भने आज पनि पहिरो खस्दा ३ घरमा क्षति पुगेको छ ।घटनाका सम्बन्धमा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक मदन कुंवरले पीडीत जनता आक्रोशित भएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्