सेतो पुतलीको प्रकोप बढ्दै



गुल्मी, (नेस) ।

गुल्मीमा सेतो पुतलीको प्रकोप बढ्दै गइरएको छ । सेतो पुतलीको प्रकोप बढेसँगै त्यो पुतलीका कारणले हुने सापु रोगका बिरामी बढेका छन् ।

जिल्लाबाट हालसम्म सापु रोग लागेका आँखाका ४ जना बिरामीलाई रणअम्बिका आँखा अस्पताल भैरहवामा रिफर गरिएको आँखा उपचार केन्द्र गुल्मीका नेत्र अधिकृत सूर्यबहादुर बस्नेतले बताउनुभयो । ६/७ जना बिरामी फोन सम्पर्कमा आएका बिरामीलाई थप सुविधा नभएका कारण सीधै भैरहवा जान सल्लाह दिएको उहाँले जनाउनुभयो ।

आँखाको दृष्टि नै गुम्न सक्ने यो रोग यस वर्ष पनि देखिन थालेको छ । वर्षायाम सकिने समयमा पुतलीको प्रजनन शुरु हुने भएकाले पनि यो बेला सेतो पुतली सापुका बिरामी धेरै देखिएको हुन सक्ने चिकित्सहरुको भनाइ छ ।

आँखा पाकेजस्तै अचानक एउटा आँखा रातो हुँदै कालो भागको बीचमा सेतो देखिने, ज्योति कम हुँदै जाने लक्षण पाइएमा सेता पुतलीको संक्रमण हुन सक्ने स्वास्थ्य कर्मीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्