विश्वप्रकाशले गृहजिल्ला पुगेर सार्वजनिक गरे २४ बुँदे अवधारणापत्र



न्युज अफ नेपाल, झापा ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अब राजनीतिमा परिवर्तन आवश्यक रहेको बताएका छन् । सात दशकसम्म राजनीतिक परिवर्तनका लागि दलहरूले संघर्ष गरेको भन्दै उनले अब राजनीतिमा परिवर्तन आवश्यक रहेको बताएका हुन् ।

राजनीतिमा परिवर्तनकै लागि कांग्रेसको आसन्न १४औँ महाधिवेशमा आफूले महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ ।  गृहजिल्ला झापाको बिर्तामोडमा महामन्त्रीको अवधारणा प्रस्तुत गर्दै उनले राजनीतिप्रति सबैको आकर्षण बढाउने आफ्नो मुख्य एजेण्डा भएको दाबी गरे ।

शर्माले २४ बुँदे अवधारणा पत्र सार्वजनिक गरेका छन् । गृहजिल्लाबाट उनले ‘हिजो राजनैतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’ भन्ने अपिल गर्दै अवधारणापत्र सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्