अनेरास्ववियुमा नयाँ पदाधिकारी चयन

महाधिवेशन चैत २२–२४ मा



न्युज अफ नेपाल, काठमाडौं ।

आगामी चैत २२ देखि २४ सम्म २३ औं महाधिवेशन गर्नेगरी एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्व पुनर्गठन भएको छ ।

शनिबार सम्पन्न केन्द्रीय सचिवालयको बैठकले अध्यक्ष सुनिता बराल, वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र महासचिव समिक बडालसहित ३२ सदस्यीय पदाधिकारी चयन गरेको छ ।

नयाँ कार्यसमितिमा अब १० जना उपाध्यक्ष, ५ उपमहासचिव र १३ जना सचिव रहेका छन् । उपाध्यक्षमा झपिन्द्र खत्री, अमेश आचार्य, यम पाण्डे, विबी साउद, निशा अधिकारी, वाङछु योञ्जन, चन्द्र थिङ रहेका छन् । उपमहासचिवहरुमा गोबिन्द गिरी, नरेश रोकाया, नारायण घर्ति र सुदर्शन शिवाकोटी र भाष्कर खनाल चयन हुनुभएको छ ।

सचिवहरुमा मर्यादा विष्ट, धर्म गिरी, कृष्ण पटेल, श्याम प्रजापति, सुजन भट्टराई, रामशरण चौधरी थारु रहेका छन् । त्यस्तै लोकेन्द्रहादुर सिहं, खेम मरासिनी, निदेश भट्ट,टीकाजंगथ थापा, डम्बर अधिकारी, जोन तामाङ र सूर्य रोकाया चयन भएका छन् ।

कोषाध्यक्ष जेनिश लामा चयन हुनुभएको छ । बैठकले वागमती प्रदेश उपत्यका विशेष अध्यक्षमा पंकज भण्डारी,सिटिइभीटी अध्यक्षमा यज्ञ भट्ट यदु , पोखरा विश्वविद्यालयको अध्यक्षमा डम्बर खड्का, सानको अध्यक्षमा विकास श्रेष्ठ र पुर्वाञ्चल विश्वविद्यालयको अध्यक्षमा नविन पन्थी चयन हुनुभएको छ ।बैठकले ४ सय ६ सदस्यीय केन्द्रीय कमिटी, २ सय १२ सदस्यीय सचिवालय र ९ सय ९९ सदस्यीय राष्ट्रिय परिषद्समेत चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्