कांग्रेस अधिवेशन: पौडेल पक्षलाई साझा उमेद्वार छान्न सकस



न्युज अफ नेपाल,काठमाडौं ।

तल्लो तहको अधिवेशन अघि नै एक मात्र साझा उमेद्वार छनौट गर्ने बाताउदै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले आफुहरु एकतावद्ध रहेको बताइरहेपनि आ–आफ्नो नेतृत्वको दाबी भने छोडेका छैनन् ।

फेरी नेतृत्व लिने रणनीतिमा लाग्नु भएको सभापति शेरवहादुर देउवालाई हटाउन एकमात्र साझा उमेद्वार बनाउने बताउदै आएका वरिष्ठ नेता पौडेलका साथै नेताहरु डा. शेखर कोइराला, प्रकाशमान सिंह, डा. शशांक कोइराला, डा. रामशरण महत लगाएत शीर्ष नेताहरु १४औं महाधिवशनमा सभापतिका आकाक्षि हुन् । गत महाधिवेशनमा सभापतिको दाबेदार बनेका वरिष्ठ नेता पौडेल आफ्नो पक्षमा सहमति होस भन्ने चाह राखिरहेको बेला अन्य नेताहरुले अन्य नेताहरुले आफुहरु अब व्याक हुन नसक्ने बताइरहेका छन् । पछिल्लो समय डा. शेखर कोइराला र प्रकाशमान सिंहले आसन्न अधिवेशनमा सभापतिको उमेद्वारी दिने घोषणा गर्दै व्याक नहुने सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् ।

‘नेतृत्वको लागि हाम्रो तर्फबाट साझा उमेद्वार दिने बारेमा छलफल जारी छ’ नेता सिंह भन्नुहुन्छ– साझा उमेद्वारको सम्भावना अझै बाकी छ । सभापतिको उमेद्वारी दिने सार्वजनीक गर्नुभएका सिंहले नेतृत्वको विषयलाई लिएर पछिल्लो समय सभापति देउवा संग पनि लामो छलफल गर्नु भएको छ ।१३औं महाधिवेशनमा केन्द्रिय सदस्यमध्य सर्वाधिक मत प्राप्त गरि निर्वाचित डा. कोइराला भावी सभाापतिको चाह राख्दै चारवर्ष अघि देखिनै जिल्ला–जिल्ला गएर कार्यकर्तामाझ घुलमिल भैरहेका छन् । ‘काग्रेसलाई गुट उपगुटबाट मुक्त गरि एकतावद्ध बनाउन सभापतिमा मेरो उमेद्वारी हुन्छ’ डा. कोइराला भन्नुहुन्छ– काग्रेसको राजनीतिमा नयाँ पुस्ताको आकर्षण र अवसर बढाउनको लागि पनि नेतृत्वमा मेरो दाबी हुन्छ । जवाफदेहिता, पारदर्शिता, उत्तरदायीत्व र शुसासन जस्ता कुराहरु काग्रेस भित्र हराउदै गएकोले यसको सुधारको लागि पनि सभापतिमा उमेद्वारी दिने कोइरालाले बताउनु भएको छ ।

महाधिवेशनमा सभापतिको साझा उमेद्वार छनौट गर्ने छलफलमा डा. रामशरण महतले पौडेल पछिको सिनियर नेता आफु भएको भन्दै आफ्नो पक्षमा सहमति गर्न आग्रह गरिरहनु भएको छ । महामन्त्री डा. शसांक कोइरालाले पनि आफ्नै नेतृत्वमा सहमति हुनुपर्ने बताएपछि पौडेल पक्ष भित्र साझा उमेद्वार बारे निर्णय हुन सकेको छैन ।‘शीर्ष नेताहरु वीच साझा उमेद्वारको लागि सहमति प्रयास भैरहेको भन्दै काँग्रेस केन्द्रिय सदस्य बलवहादुर केसी भन्नुहुन्छ– केन्द्रिय महाधिवेशन आउन अझै दुई महिना अझै बाकी रहेकोले नेताहरुवीच सहमति केहि चरणको छलफल पछि सहमति हुन्छ । महाधिवेशन प्रतिनिधिको चयन पछि केन्द्रिय नेतृत्वका आकाक्षी नेताहरु वीच सहमति गर्न अझ सहज हुने उहाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्