प्रचण्ड जनकपुरमा, कार्यकर्तालाई प्रशिक्षण गर्ने



न्युज अफ नेपाल,जनकपुरधाम ।

नेसत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुर पुगेका छन् ।

पार्टीका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिन उनी आज जनकपुर पुगेका हुन् । जनकपुर एयरपोर्टमा अध्यक्ष प्रचण्ड र नेता यादवलाई स्वागत गरिएको छ ।स्वागतका लागि प्रदेश २ का आन्तरिक मामिला तथा संचार मन्त्री भरत साह, राज्यमन्त्री रुबी कर्ण, संघीय सांसद बोधमाया यादवलगायतका नेता कार्यकर्ता एयरपोर्ट पुगेका थिए ।

प्रशिक्षण कार्यक्रमका लागि प्रदेश २ का आठै जिल्लाबाट अगुवा नेता कार्यकर्ता आएका छन् । केहीबेरमा कार्यक्रम सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्