शहरी विकास मन्त्रालयका सचिव सिंहलाई मातृ शोक



न्युज अफ नेपाल, काठमाडौं ।

शहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंहलाई मातृ शोक परेको छ । सचिव सिंहका ७८ वर्षीय आमा सुनायनदेवी सिंहको शुक्रबार मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

दम रोगसँग लड्दै आउनुभएका सिंहलाई एक महिनाअघि अस्पताल भर्ना गरिएको थियो । स्वर्गीय सिंहका दुई छोरा र एक छोरी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्