ओरालो लाग्यो सुनको मूल्य, तोलाको कति ?



काठमाडौँ ।

आज सुन प्रतितोला १४ सयले घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ८८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी पनि तोलामा ३० रुपैयाँले घटेर १ हजार १ ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्