एमालेद्वारा लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध



न्युज अफ नेपाल, रूपन्देही ।

नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ । एमालेले अजय शाही र विमला कुमारी खत्री वलीलाई पदमुक्त गर्न गरेको आग्रह सभामुख पूर्णबहादुर घर्तीले अस्वीकार गरेपछि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको हो ।

नेकपा एमालेले कारवाही गरेका प्रदेशसभा सदस्य अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त नगरेसम्म सदन चल्न नदिने एमालेको अडान छ ।

निर्धारित समयभन्दा करिब पौने घण्टा ढिलो शुरू भएको बैठकको शुरूमै एमाले सांसद आरती पौडेलले एमालेले कारवाहीका लागि निर्णय गरेर पठाएका दुई सांसद पदमुक्त भएको सूचना टाँस नबढाउँदासम्म सदन चल्न नदिने जनाएलगत्तै एमाले सांसदहरू उठेर रोष्टमतिर गएका थिए ।

प्रतिक्रिया दिनुहोस्