वडाध्यक्षका छोराले गरे आफ्नै ८० वर्षीया हजुरआमाको हत्या



न्युज अफ नेपाल, चैनपुर ।

बझाङको दुर्गाथली गाउँपालिका वडानं ५ घर भएका ८० बर्षीया रिठी जप्रेलको आफ्नै नातीले हत्या गरेका छन् ।

वडाध्यक्ष राम बहादुर जप्रेलका छोरा वर्ष २१ का सुभाष जप्रेलले आफ्नै ८० वर्षिया हजुरआमा रिठी जप्रेलको हत्या गरेको स्थानीयवासीले जानकारी दिएका छन् ।

प्रहरी नियन्त्रणमा रहेका सुभाषलाई सदरमुकाम ल्याउँदै गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रुपक खड्काले बताए ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो । घटनास्थलमा फोनको टावरले राम्रोसंग काम नगर्ने भएका कारण थप विवरण भने आउन बाँकि छ ।

प्रतिक्रिया दिनुहोस्