नेपाल प्रवेश गरेका म्यानमारका १४ रोहिंग्या शरणार्थी पक्राउ



काठमडौं(नेस) ।

नेपालमा अबैध रुपमा नेपाल प्रवेश गरेका म्यानमारका १४ रोहिंग्या शरणार्थीलाई पक्राउ गरेको छ । उनीहरु बंगलादेशबाट भारत हुदै नेपाल प्रवेश गरेको प्रहरीले आशंका गरेको छ ।

बंगलादेशबाट भारत हुदै नेपाल भएका १४ जना ती रोहिग्या शरणार्थीलाई काठमाडौको बौद्धबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि पालले जानकारी दिनुभयो ।ती शरणार्थी कसरी नेपाल प्रवेश गरे भन्ने बारेमा हामी खोजी गरिरहेका छौ उहांले भन्नुभयो – नेपालमा यस अघि रहदै आएका रोहिग्या शरणार्थी बस्दै आएको कपन तर्फ जान लागेको अवस्थामा पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरु बंगलादेशबाट स्थलमार्ग हुँदै झापाको काँकडभिट्टा सीमा नाकाबाट नेपाल प्रवेश गरेको र उनीहरुलाई दलालहरुले नेपाल ल्याएको आशंका गरेका छौं ती दलालको खोजी भइरहेको जानकारी दिएको छ ।म्यानमारबाट बिस्थापित भएर बंगलादेश आएका उनीहरुमाथि त्यहांपनि अत्याचार हुनथालेपछि तेस्रो देशको खोजीमा उनीहरु नेपाल आएको आशंका गरेका छौ एक प्रहरी अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

शरणार्थीको रुपमा नेपाल बस्ने योजनाका उनीहरु नेपाल आएको देखिन्छ । उनीहरुलाई नेपाल ल्याउने दलालको खोजीलाई पनि तीव्र बनाएका छौ ।नेपालमा हाल २ सय जनाको हाराहारीमा रोहिंग्या शरणार्थी कपनमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्