पर्वतको जलजलाबाट ११ जना जुवाडे पक्राउ



पर्वत (नेस) ।

जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले पर्वतको जलजला गाउँपालिकाबाट ११ जना जुवाडेलाई पक्राउ गरेको छ ।
जलजला गाउँपालिका वडा नं ३ मा पर्ने वारीबेनी बजारमा जुवा खेलाईरहेका दुई स्थानबाट ११ जना जुवाडेलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार विशेष सुराकीको आधारमा गएको प्रहरीले गाउँपालिकाको वडा नं. ३ वारी बेनी स्थित लेकाली होटेलबाट २५ हजार पाँच सय नगद सहित पाँच जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरुमा जलजला–१ का रुपेश पुन, वडा नं. ५ की हेमा पुन, वडा नं. ३ का शेर बहादुर पाइजा, वडा नं. ५ का भूमिका पुन र वडा नं. ६ का निल बहादुर पुन रहेका छन्।

सोही ठाउँमा रहेको चोक बहादुर पुनको घरबाट पनि प्रहरीले छ जनालाई नियन्त्रणमा लिएको उनीहरुलाई नियन्त्रणमा लिन पुगेका प्रहरी निरीक्षक प्रदीप पौडेलले बताउनुभयो । उनीहरूरुको साथबाट ७ हजार आठ सय ४५ रुपैयाँ बरामद भएको छ। पक्राउ परेकाहरूमा म्याग्दीको धवलागिरी गाउँपालिका–४ का बम बहादुर घर्ती मगर, मङ्गला गाउँपालिका–५ का चित्र बहादुर बुढाथोकी, पर्वतको जलजला गाउँपालिका–३ का प्रेम जी.सी., वडा नं. ७ मा बस्दै आएका रंगु साह, जलिन मिया र वीर बहादुर सिर्पाली रहेका छन्।

पक्राउ परेकाहरुलाई जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय पर्वतबाट दश दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्