दलहरु एमाले सँग एक्लै भिड्न डराए: नेता रायमाझी



कृष्ण परियार, सन्धिखर्क ।

नेकपा एमाले स्थायि कमिटी सदस्य तथा पुर्व मन्त्री टोपबहादुर रायमाझीले एमाले संग दलहरू एक्ला एक्लै भिड्न डराएको बताएका छन् ।नेकपा एमाले सन्धिखर्कको आयोजनामा संन्धिखर्कमा संपन्न बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रायमाझीले एमालेसंग एक्लै लड्न नसकेपछि सबै शत्ति मिलेर एमालेलाई कमजोर बनाउन खोजको तर एमाले कमजोर नहुने दावी उनले दावी समेत गरे ।

नेता रायमाझीले नेपालमा काग्रेस र एमाले दुइपाटि मात्र रहने अन्य दलहरु विघटन हुने बताए । परमादेशबाट सरकार तथा प्रधानमन्त्री नियुक्ति हुनु दुखद भएको भन्दै उनले जनमत माथि कुठारघात भएको टिप्पणी समेत गरेका छन् ।एमसिसि परियोजना संसोधन सहित पास गर्नु पर्ने भन्दै उनले सरकार गठबन्धनले यसबारे आधिकारिक धारण सार्वजनिक गर्न साथ एमालेले स्षट धारणा ल्याउने बताए ।

कार्यक्रममा नेकपा एमाले केन्दिय सदस्य महेश बस्नेतले प्रचण्ड र माधव नेपाल काग्रेसको शरणमा पुगेको टिप्पणी गरेका छन् । कम्युनिस्ट सरकारलाइ ढालेर काग्रेसलाइ सरकार बुझाएको र आफनो अस्तित्व जोगाइदिन शरणमा पुगेको उनले जिकिर गरे । १० बुदे सहमति गरि एमालेलाई एकताबद्ध बनाएको बताउदै माधव नेपाले पार्टी नै विघटन गर्ने षड्यन्त्रमा लागे पनि सफल नभएको बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्