बैकिङ कसुर मुद्धामा दुई जना पक्राउ



काठमाडौ (नेस) ।

धादिङको त्रिपुरासुन्दरी गाउंपालिका घर भई बल्खु बस्ने प्रकाश श्रेष्ठलाई प्रहरीले बैकिङ कसुर मुद्धामा पक्राउ गरेको छ ।

बैकमा प्रयाप्त मौजात नभएको चेक दिएर ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । सोही ठगीको अभियोगमा प्रहरीले काठमाडौको ठमेल बस्ने बिनम श्रेष्ठपनि पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले श्रेष्ठलाई रुपन्देहीबाट पक्राउ गरी काठमाडौ ल्याएको र थप कारवाहीकालागि जिल्ला अदालत काठमाडौमा बुझाएको ब्युरोले जानकारी दिएको छ ।

बिनमले १७ लाख ६५ हजार र प्रकासले ११ लाख ५० हजारको चेक दिएका थिए । दुवै जनाको चेक नसाटिएपछि प्रहरीले उनीहरुको खोजीलाई तीव्र बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्