अनियमितताबाट जोगियो २ करोड ७५ लाख



वीरबहादुर बम, मुगु ।

मुगुमा सामाजिक सुरक्षा भत्ता अनियमितताबाट २ करोड ७५ लाख रकम जोगिएको छ । नेपाल सरकारले उपलब्ध गराउँदै आइरहेको सामाजिक सुरक्षा भत्ताबाट आर्थिक वर्ष ०७७/०७८ मा मुगुमा सो रकम राज्य कोषमा बचेको हो ।

सरकारले ६० वर्षदेखि माथिका वृद्धवृद्धा, ५ वर्षमुनिका बालबालिकालाई प्रोत्सान भत्ता, अपांगता, पूर्ण अपांगता भएका, एकल महिलाहरुलाई उपलब्ध गराउँदै आएको रकमबाट २ करोड ७५ लाख भन्दा बढी बचेको हो । यो वर्ष बैंक प्रणालीबाट अनिवार्य सामाजिक सुरक्षाभक्ता वितरण गर्न लगाउँदा बैंकको नियम र सरकारको मापदण्डअनुसारका व्यक्तिहरुले सामाजिक सुरक्षाभत्ता पाउँदा यो ०७७/०७८ को अनियमितता रोकिएको र राज्यकोषको लगानी खेर नगएको कोष तथा लेखा नियन्त्रण कार्यालयका कार्यालय प्रमुख लक्ष्मी चन्द्र हमालले बताउनुएको छ ।

पछिल्ला आवहरुमा सरकारले सामाजिक सुरक्षा व्यवस्थापन प्रणालीको र बैंकमार्फत सामाजिक सुरक्षाभघत्ता दिने नीतिले उमेर पुगेका र मृत्यु भएका नागरिकहरुको लगत समयमा काटिएका कारण सो रकम बचेको छायानाथ रारा नगरपालिकाका एमआईएस शाखाका प्रमुख शिवचन्द्र कार्कीले बताउनुभयो ।

जिल्लाका छायाँनाथ रारा नगरपालिका, मुगमकामारोङ गाउँपालिका, खत्याड गाउँपालिकाले आव ०७६/०७७ सामाजिक सुरक्षाभत्ता एक आवको स्थानीय तह, एक नगरपालिका र तीन गाउँपालिकाले २५ करोड ६ लाख ४७ हजार ४ सय ६० रुपियाँ कोष तथा लेखा नियन्त्रण कार्यालय मुगुबाट निकासा लिएको वितरण अभिलेखमा भेटिएको छ ।

आव ०७७/०७८ मा २२ करोड ३१ लाख ७८ हजार २ सय ८२ रुपियाँ निकासा भई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको कोष तथा लेखा नियन्त्रण कार्यालय मुगुले जनाएको छ ।

विगतमा सामाजिक सुरक्षा व्यवस्थापन प्रणाली नभएकाले स्थानीय तहहरूको माग र विवरणका आधारमा सामाजिक सुरक्षा रकम निकासा गर्ने भरपाइका आधारमा फछ्र्यौट हुने गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्