सामाजिक विकास मन्त्रालयको आयोजनामा प्रादेशिक बाल दिवस मनाईयो



न्युज अफ नेपाल, काठमाडौँ ।

बागमति प्रदेश सामाजिक बिकाश मन्त्राल को आयोजनामा ५७ औ राष्ट्रिय बाल दिबश २०७८ आज भर्चुआलको माध्यमबाट सम्पन्न भएको छ ।

सामाजिक बिकाश मन्त्रालयका सचिब यज्ञ प्रसाद ढुगेंल ज्यु को सभाध्यक्षतामा भएको कार्यक्रममा समाजिक बिकाश मन्त्री माननिय बिजय सुबेदी को प्रमुख आतिथ्यता र समाजीक बिकाश राज्यमन्त्री माननिय जुनेली माया श्रेष्ठ को बिशेष आतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रममा चार बटा कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यपत्र सामाजि बिकाश मन्त्रालयको निति, तथा कार्यक्रम, प्रादेश सरकारको भाबि कार्ययोजनाको बारेमा महाशाखा प्रमुख गोपाल कडेल, बाल अधिकारको अबस्था, चुनौती र बालबालिका सम्बन्धि ऐन कानुनको बारेमा बाल कल्याण समाजका अध्यक्ष एबं बाल अधिकार कर्मी प्रकाश खतिवडा, बाल संरक्षण को बारेमा सिबिन नेपालका कार्यक्रम संयोजक एबं प्रदेश बाल अधिकार समितीका सदस्य झबिन्द्र ज्ञबाली, र कोभिड १९ को संक्रमण र बाल संरक्षण को बारेमा सिबिन नेपालका भरत अधिकारिले प्रस्तुतीकरण गरेका थिए ।

समाजिक बिकाश मन्त्रालयका महाशाखा प्रमुख गोपाल कडेलले समाजिक बिकाश मन्त्रालयको बालबालिका सम्बन्धि निति तथा कार्यक्रम, प्रादेशिक ऐन, मन्त्रालयले सम्पादन गरेको कार्यक्रम र त्यसको उपलब्धिको बारेमा बताउनु भएको थियो । बाल अधिकार अभियन्ता प्रकाश खतिवडाले कार्यपत्र प्रस्तुत गर्दै सरकार र नागरिक समाज मिलेर बाल अधिकारको संरक्षण र सम्बर्धन गर्दै प्रदेशलाई नै बाल मैत्रि प्रदेश बनाउन सकिने आधार पत्र पस्तुत गर्नु भएको थियो । उहाले प्रदेशको बन्नु पर्ने कानुन बनाउने र उक्त कानुनको प्रभाबकारि कार्यान्वयन गर्दै बालबालिकाको सर्बोत्तम हित गर्न सरकार संग नागरिक समाजले सहकार्य, खबरदरि र पहरेदारि गर्ने बारे बताउनु हुदै बालबालिकाको सहभागिताको अधिकार सुनिश्चित गर्न प्रदेश र पालिकाहरुले बाल सहभागिता कार्यढाचा बनाउन सहकार्य गर्ने समेत बताउनु भएको थियो । । प्रदेश बाल अधिकार समति सदस्य झबिन्द्र ज्ञबालीले कोभिड १९ ले बालबालिकामा परेको प्रभाब र खासगरि आनलाईन दुब्र्यबहारमा बालबालिकालाई कस्तो असर परेको थियो भन्ने बारेमा बताउनु भएको थियो ।

कार्यक्रम को संचालन मन्त्रालयका महाशाखा प्रमुख गोपाल कडेलले गर्नु भएको थियो भने सहभागिलाई स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश समाजिक बिकाश मन्त्रालयका शिक्षा महाशाखा प्रमुख रुद्रहरि भण्डारि ले गर्नु हुदै बाल अधिकारको सम्बर्धनमा मन्त्रालय कृयाशिल रहेको र कोभिडका कारण आमा बाबु दुबै गुमाएका बालबालिकाहरुलाई मन्त्रालयले समाजिक भत्ता दिने कार्यक्रम रहेका समेत बताउनु भएको थियो ।

कार्यक्रममा १३ बटै जिल्लाका बालबालिकाहरुले आफुहरुले कोभिडको महामारिमा भोगिरहेका समस्याको बारेमा बताउनु भएको थियो । बालबालिकाहरुले आफुहरु घरभित्रै असुरक्षा रहेको, बिपन्न बालबालिकाले अनलाईनमा पढन नपाएको, परिबारको आय घटेकोले पोषणयुक्त खाना खान नपाएको, बालबिबाह बढेको, बालबालिकालाई मनोसामाजिक ‘समस्या परेको, बाल श्रम बढेको, बिधालय छोडन सक्ने संभाबना बढेको आदि समस्या दर्शाउदै बालबालिकाले सामाजिक बिकाश मन्त्री र सचिब लाई ध्यान आकृष्ट गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समाजिक बिकाश मन्त्रालयका मन्त्री माननिय बिजय सुबेदी ले आफ्नो भाबना राख्ने बालबालिका र कार्यपत्र प्रस्तोताहरुलाई धन्यबाद ज्ञापन गर्दै आफ्नो ध्यान आकृष्ट भएको बताउनु हुदै मन्त्रालयले बाल बालिकालाई संरक्षण, उनिहरुको शिक्षाको सुनिश्चितता, र बालबालिकाको सहभागिताको अधिकार सुनिश्चित गर्दै बालबालिकाको सर्बोत्तम हित गर्न मन्त्रालय सदैब तयार रहेको बताउनु भएको थियो । उहाले मन्त्रालयले बाल मैत्रि प्रदेश बनाउन मन्त्रालयको टिमले नै तदारुकताका साथ कार्य गर्ने बारे समेत बताउनु भयो । कार्यक्रमको सभाध्यक्षता गर्नु हुने मन्त्रालयको सचिब यज्ञ प्रसाद ढुगेंल ले सामाजिक मन्त्रालयले बालबालिकाको अधिकार स्थापीत गर्न निति तथा कार्यक्रममा नै तयार पारिएको बारे बताउनु हुदै उहाले बालबिबाह र बाल मैत्रि पालिका घोषणा गर्न पालिकालाई बजेट र समन्वय गरिएको बारे बताउनु भएको थियो । बालबालिकाको शिक्षाको अधिकार , संरक्षण र सहभागिताको अधिकार सुनिश्ति गर्न सामाजिक बिकाश मन्त्रालय गम्भिर रहेको बारे बताउनु हुदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने, कार्य पत्र प्रस्तुत गर्ने बिज्ञ र कार्यक्रममा सहभागिहुने बालबालिकालाई धन्यबाद ज्ञापन गर्नु हुदै बालबालिकाको अबाजलाई कार्यान्वयनमा ल्याउन कटिबद्ध भएको समेत बताउनु हुदै कार्यक्रमको समापन गर्नु भएको थियो । यस बर्षको बाल दिबशको आदर्श बाक्य समान्य अबस्था वा कोभिड महामारि स् बालअधिकार संरक्षण हामी सबैको जिम्मेबारी भन्ने नाराका साथ करिब ९० जनाको सहभागितामा बाल दिबश मनाईएको हो ।

प्रतिक्रिया दिनुहोस्