सल्यानका प्रमुख बजारमा अनुगमन तीव्र, म्याद नाघेका र अखाद्य वस्तु नष्ट गरिँदै



न्युज अफ नेपाल, सल्यान ।

उपभोक्ताहरुलाई ठगिन नदिन र म्याद नाघेको सामान बिक्रि गर्न बाट रोक्नका लागि सल्यानमा बजार अनुगमन गरिएको छ । कोरोना भाईरसका कारण जिल्लामा लामो समय देखि गरिएको निषेधाज्ञा खकुल्लो भएपछि बजारमा व्यापारीहरुले म्याद गुजे्रका सामानहरु बिक्री गर्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यलय सल्यानले बजार अनुगमन गरेको हो ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेबि होमागाईको नेतृत्वमा जिल्लाको प्रमुख व्यापारी केन्द्र श्रीनगरमा रहेका किराना पसल, खाद्यान्न पसल, तरकारी पसल, फलफुल पसल र मासु पसलहरुमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा धेरैजसो पसलहरुमा म्याद नाघेका सामान र इजाजत प्राप्त नलिई पसलहरु संचालन गरेको पाईएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेबि होमागाईले बताउनु भयो ।

उहाँका अनुसार फलफुल पसल र तरकारी पसलहरुमा पनि कुहिएको अवस्थामा तरकारी फलफुल भेटिएको र मासु पसलहरुमा सफासुघंर नभएको तथा खुल्ला रुपमा मासु बिक्रि गरेको पाईएको उहाँले बताउनु भयो । कोरोना भाईरसको बेला पनि बजार अनुगमन गरिएको र अहिले चाँडपर्व नजिकिदै जादाँ उपभोक्ता ठगिन सक्ने तथा म्याद गुज्रिएका सामान सेवाग्राहीलाई थाहाँ नै नदिई बिक्री बितरण गरिरहने परिपाटी रहेकोले यसलाई रोक्न अनुगमन गरिएको बताउनु भयो ।

बिभिन्न चाडपर्व, मेलामहोत्सवमा ब्यापारीले धेरै सामानहरु खरिद गरी स्टक राख्ने गरेकोले त्यस्ता सामानको म्याद सकिए पनि व्यापारी तथा ग्राहकले ध्यान नदिई खरिद बिक्री गर्ने हुँदा बजार अनुगमनलाई कडाईका साथ लैजाने बताउनु भयो । केही व्यापारीहरुले मुल्य सुची नराखेको , र खरिदबिक्री सामानहरु जथाभावी राखिएको भेटिएकोले यसलाई तत्काल सुधार गर्नुको साथै कुनै पनि माल सामान खरिद बिक्री गर्दा ब्यापारी तथा ग्रहाकले म्याद हेरेर खरिद बिक्री गर्न प्रजिअ होमागाईले आग्रह गर्नुभयो ।

बजार अनुगमनका क्रममा म्याद नाघेका अखाद्य बस्तु भेटिएकाले उक्त बस्तु बरामद गरि नस्ट गरिएको जिल्ला प्रहरी कार्यलय सल्यानका प्रहरी प्रमुख डिएसपी गोबिन्द थापाले बताउनु भयो । उहाँका अनुसार १८ वटा पसलमा गरिएको अनुगमन बाट २१ हजार ५ सय ३५ रुपैया बराबरको अखाद्य बस्तु बरामद गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय सल्यानको परिसमा नष्ट गरिएको उहाँले बताउनु भयो । ब्यापारीहरुले म्याद गुज्रेका सामान बिक्री बितरण गर्नु भन्दा ती समानलाई नष्ट गरी सहयोग गर्न प्रहरी प्रमुख थापाले आग्रह गर्न भएको भयो ।

प्रतिक्रिया दिनुहोस्