आईफोनः मोटरसाइकल चलाउँदा कम्पनका कारण क्यामरा बिग्रिन सक्ने एपलको चेतावनी



काठमाडौं ।

मोटरसाइकलबाट हुने कम्पनबाट आईफोन जोगाउन प्रयोगकर्तालाई निर्माता कम्पनी एपलले सुझाव दिएको छ।

एपलका अनुसार नराम्रो कम्पनले आईफोनको क्यामराको प्रणालीमा खराबी आउन सक्छ।

म्याकरूमर्स वेबसाइटले फेला पारेको एपलको ग्राहक सेवा वेबसाइटको सपोर्ट पेजमा उक्त प्रविधि कम्पनीले शक्तिशाली मोटरसाइकलमा आईफोन जोडेर नराख्न चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्