हेटौंडामा पुरुषद्वारा पुरुष बलात्कृत !



हेटौंडा, (नेस) ।

पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा–२, सरस्वती टोलमा एक पुरुषले अर्का पुरुषमाथि बलात्कार गरेको आरोप लागेको छ ।

गत शनिबार साँझ टोलमा स्थानीय ३४ वर्षीय युुवाले छिमेकीको बारिमा गाउँकै ३२ वर्षीय एक पुरुषको गुदद्वारमा जबर्जस्ती करणी गरेको आरोप लागेको हो । उजुरीपछि प्रहरीले पीडित आरोपीलाई पक्राउ गरी आइतबार बयान लिएको छ ।

आइतबार दिउँसो नै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक।प्रवक्ता देवेन्द्र दासले पीडित पक्षले जाहेरी दिएकाले उक्त मुद्धा अप्राकृतिक मैथुनमा अघि बढ्ने बताउनुभयो । मुलुकी अपराधसंहिता, २०७४ अनुसार उक्त कार्य दोषभित्र पर्दछ ।

अप्राकृतिक मैथुनपछि शारीरिकरुपमा पीडामा परेका पीडितलाई स्थानीयले उपचारका लागि शनिबार राति हटौंडा अस्पताल ल्याएका थिए । स्थानीय भन्छन्–उक्त दिन गाउँमा साँझ तीजको नाचगान थियो । दुई पुरुष एकान्तमा मोबाइलमा अश्लील भिडियो हेर्न बसेका थिए । भिडियो हेर्ने क्रममा उक्त घटना घटेको र आफूलाई असहज भएको पीडितले बताएपछि उनको स्वास्थ्यमा समस्या भएको जानकारी पाएपछि राति नै एम्बुलेन्समा हेटौंडा अस्पताल ल्याइएको थियो ।

अस्पतालले घटनाबारे जानकारी लिएपछि प्रहरीबाट अनुमति नपाएसम्म उपचार अघि बढाउन नसकिने बताएपछि स्थानीय राति नै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेका थिए । हाल पीडितको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

२०७५ असोज ९ गते हेटौंडा–८, कमानेका ६० वर्षीय एक वृद्धले ३० वर्षीय सुस्तमनस्थितिका युवालाई जबर्जस्ती करणी गरेको आरोपमा स्थानीय आमा समूहले कालोमोसो दलेर जुत्ताको माला लगाउँदै गाउँ परिक्रमा गराएको थियो । इलाका प्रहरी कार्यालय पशुपतिनगरले उनलाई पक्राउ गरेर छाडेको थियो ।

बारिमा युवालाई यौन दुव्र्यवहार गरेको स्थानीय महिलाले देखेपछि घटना सार्वजनिक भएको थियो । महिलाले देखेपछि होहल्ला भयो । भोलिपल्ट महिलाले वृद्धलाई कालोमोसो दलेर घुमाउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो । दिनभर दुवै पक्षबीच भएको छलफलमा ‘सहमति’ भएपछि प्रहरीले पीडकलाई साँझ छाडेको थियो ।

प्रतिक्रिया दिनुहोस्