एमसीसी सम्झौता अनुमोदनमा ढिलाइ नगर्न सुमारको सुझाब



न्युज अफ नेपाल, काठमाडौं ।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमारले एमसीसी कम्प्याक्ट अनुमोदनमा ढिलाइ नगर्न सुझाब दिएकी छन् ।

आइतबार पत्रकार सम्मेलन गर्दै उनले सम्झौता अनुमोदनमा ढिला भइसकेको भन्दै अब ढिलाइ गर्ने समय नरहेको बताइन् ।

आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले दुई वर्षअघि नै पारित भइसक्नुपर्ने सम्झौता अझै पारित नहुँदा ढिलो भइसकेको बताएकी हुन् । उनले एमसीसी सम्झौताका विषयमा नेपालको संसदले छिटो निकास दिनुपर्ने पनि बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्