देशभर ९११ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

 देशभर  पछिल्लो २४ घण्टामा ९११ जनामा कोरोनााभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ११ हजार १८ नमुना परीक्षण गर्दा ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सात हजार आठ सय ७८ जनाको पीसीआर नमुना परीक्षण गर्दा ८ सय ३८ जनामा र ३ हजार १४० जनाको एन्टिजेन नमुना परीक्षण गर्दा ७३ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या २६ हजार सात सय ५७ जना छन् ।

पछिल्लो २४ घन्टामा कोरोनाभाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार ४२३ रहेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १३ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्