प्रतिनिसभा बैठक मंगलबारसम्मका लागि स्थगित



न्युज अफ नेपाल, काठमाडौं ।

प्रतिनिधिसभा बैठकमा आज पनि एमाले सांसदहरुले अवरोध गरेपछि मंगलबारसम्मका लागि बैठक स्थगित गरिएको छ ।

आइतबार दुई पटक बसेको प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हो । एमाले सांसदहरुले लगातार नाराबाजी गर्दै वेल घेराउ गरेपछि सभामुख सापकोटाले मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरे ।आइतबार बैठक चलाउन सभामुख सापकोटाले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई साथमा राखेर एमालेका नेताहरुसँग छलफल गरेका थिए ।

सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग छलफल गरेका थिए । तर, सो छलफलमा निस्कर्ष निस्केन । एमालेले पार्टी विभाजनमा सभामुखको षडयन्त्रमुलक संलग्नता रहेको भन्दै बैठक अवरोध गर्दै आएको छ । आइतबारै बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सभामुखको भूमिका अमर्यादित रुपमा रहेको भन्दै बैठक अवरोध गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्