सरकारी चिकत्सकले भनेःप्रदेशमा स्वास्थ्य मन्त्रालय ठिक, दरबन्दीमा गैर स्वास्थ्य समुहको बेठिक



नेपाल समाचारपत्र, काठमाडौं ।

सरकारी चिकित्सक संघ नेपालले प्रदेशमा स्वास्थ्य अलग्गै स्वास्थ्य मन्त्रालयको स्थापना गर्नु स्वागतयोग्य भएपनि त्यसको दरबन्दीमा स्वास्थ्य समुह बाहेकको खोजिनु आपत्तिजनक भएको जनाएको छ ।

बागमती प्रदेशमा स्वास्थ्य मन्त्रालय गठन र सोको दरवन्दी प्रस्तावप्रति ध्यानाकर्षण गर्दै सरकारी चिकित्सक संघले स्वास्थ्य सेवाको दरवन्दीहरु कायम गर्दा स्वास्थ्य सेवाको सदैव मुख्य स्तम्भ रहेको चिकित्सकहरुलाई नजर अन्दाज गरिएको भन्दै आपत्ति प्रकट गरेको हो ।

संघले आइतबार एक विज्ञप्ती जारी गर्दै मन्त्रालय प्रस्तावको विषय स्वागत योग्य भएपनि स्वास्थ्य जस्तो निकै प्राविधिक तथा मानव जिवनसंग प्रत्यक्ष जोडिएको सेवालाई गैर स्वास्थ्य समुहको र स्वास्थ्य विधा बारे ज्ञान नै नभएको अप्राविधिक नेतृत्वको हातमा सुम्पिन खोज्नु हस्यास्पद, गैर जिम्मेवार एवै खेदपुर्ण भएको जनाएको छ ।संघका अध्यक्ष डा. रविन खड्का भन्नुहुन्छ– दरवन्दी कायम गर्दा अनेक सेवा समुह राख्ने तर स्वास्थ्यमा सबै भन्दा बढी अध्ययन अनुसन्धान गर्ने चिकित्सक समुहलाई भने नीति निर्मणको तहबाट नियोजित रुपमै अलग्याउनु निकै खेदपुर्ण छ ।

सरकारी चिकित्सक संघले स्वास्थ्य मन्त्रालयको सचिव स्वास्थ्य सेवाकै विशेषज्ञ चिकित्सक हुनुपर्ने र अन्य सेवा समुह जस्तै मेडिकल अधिकृत देखि विशेषज्ञ चिकित्सक सम्मलाई मन्त्रालय, विभाग, महाशाखा, शाखा आदिमा दरबन्दी राखि स्वास्थ्य नीति निर्माणलाई थप बौद्धिक, सबल, दूरखर्शी र गुणस्तरीय होस भन्ने तर्फ ध्यानाकर्षण गर्दै तत्काल दरबन्दी तेरिजमा सुधार गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्