बागमती प्रदेश : अल्पमतमै शुरु भयो नियुक्ति र सपथग्रहण



न्युज अफ नेपाल, हेटौंडा ।

बागमती प्रदेशका नीति तथा योजना आयोग उपाध्यक्ष र ३ सदस्यको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सपथग्रहण गरिएको छ । प्रदेश सरकारमा अल्पमतमा रहनुभएकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् बिस्तारसँगै आफ्ना नजिकका र एमालेका नेता/कार्यकर्तालाई नियुक्ति दिन सुरु गर्नुभएको हो ।

प्रदेशकी मुख्यमन्त्री तथा आयोग अध्यक्ष शाक्यले आयोग उपाध्यक्ष तथा सदस्यहरुलाई सपथग्रहण गराउनुभयो । आयोग उपाध्यक्ष सिन्धुपाल्चोक मेलम्ची–६ का डा. जगत्बहादुर बस्नेतलाई उहाँले शुक्रबार सपथग्रहण गराउनुभयो । सदस्यहरु रामेछापको भीरपानी–६ का ज्ञानुकुमार श्रेष्ठ, काठमाडौं–४, बालुवाटारकी निलम ताम्राकार र नुवाकोट विदुर–१० का रामशरण प्याकुरेललाई पनि मुख्यमन्त्री शाक्यले सपथग्रहण गराउनुभयो ।

कार्यक्रममा मुख्यमन्त्री शाक्यले आयोगको कामलाई दु्रतगतिमा अगाडि बढाउन आयोगलाई पूर्णता दिइएको बताउनुभयो । पदाधिकारी नहु“दा आयोगका काम अगाडि बढाउन समस्या भएकाले यसलाई पूर्णता दिइएको उहाँको दाबी थियो । कार्यक्रममा प्रदेशका मुख्य न्यायाधीवक्ता ओमप्रकाश थपलिया र मुख्यमन्त्री कार्यालयका कर्मचारीलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्