पछिल्लो २४ घण्टामा ११४६ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर थप ११४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ८५४९ नमुनाको पीसीआर परीक्षणमा ९६१ जना र २३६७ नमुनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ भने १६६० जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्