न्युज अफ नेपाल, काठमाडौँ ।
नेपाली कांग्रेसको आसन्न महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट खारेज गरिएको छ ।
कांग्रेस नेता तथा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आसन्न १४ औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनको रिटमाथि बिहीबार सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट खारेज गर्ने आदेश दिएको हो ।
कोरोनाको महामारीका समयमा महाधिवेशन गर्न नहुने वैद्यको जिकिर थियो ।आगामी मंसिर ९ देखि १३ सम्म काठमाडौँमा १४ औं महाधिवेशन हुँदैछ । वडा अधिवेधन ५६ जिल्लामा सम्पन्न भइसकेको छ भने अन्य जिल्लामा पनि वडा अधिवेशनको तयारी भइरहेको छ ।
प्रतिक्रिया