न्युज अफ नेपाल ,काठमाडौं ।
नेपाल र बंगलादेशको राष्ट्रिय महिला टोलीको मैत्रीपूर्ण फुटबलमा नेपालले अग्रता दोब्बर बनाएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालका लागि प्रिती राईले खेलको २४ औँ मिनेटमा गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएकी हुन् । यसअघि खेलको १४ औं मिनेटमा डेब्यु खेलाडी सविता रानाले नेपालका लागि पहिलो गोल गरेकी हुन् ।
योसँगै नेपालले २-० को अग्रता बनाएको छ ।आजको खेलमा मुख्य प्रशिक्षक ग्यारीले सविता राना मगर र प्रीति राईलाई प्लेइङ सेट डेब्यु गराएका हुन । मिडफिल्डरद्वय मगर र राईले पहिलो पटक राष्ट्रिय टोलीबाट खेल्न लागेका हुन् ।
भारतमा आयोजना हुने एएफसी महिला एसिया कप–२०२२ छनोटको तयारीस्वरुप नेपाल र बंगलादेश महिला फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेलेको हो । दोस्रो खेल आइतबार हुनेछ ।











प्रतिक्रिया