बंगलादेशविरुद्ध नेपाल १गोलले अग्रता



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल र बंगलादेशबीच जारी महिला टोलीको मैत्रीपूर्ण फुटबलमा नेपालले अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको १४ औं मिनेटमा नेपालका लागि डेब्यु खेलाडी सविता रानाले गोल गरेकी हुन् ।

योसँगै नेपालले १-० को अग्रता बनाएको छ । आजको खेलमा मुख्य प्रशिक्षक ग्यारीले सविता राना मगर र प्रीति राईलाई प्लेइङ सेट डेब्यु गराएका हुन् । मिडफिल्डरद्वय मगर र राईले पहिलो पटक राष्ट्रिय टोलीबाट खेल्न लागेका हुन् ।

भारतमा आयोजना हुने एएफसी महिला एसिया कप–२०२२ छनोटको तयारीस्वरुप नेपाल र बंगलादेश महिला फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेलेको हो । दोस्रो खेल आइतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्