थप १ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि,१४ जनाको मृत्यु


न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ८९८ जनाको पीसीआर परीक्षणमा १ हजार ५८ र ३ हजार ४६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २१३ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ८४५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।