रुपन्देहीबाट २० बोरा सुपारी बरामद



काठमाडौ ।

नेपालबाट भारततर्फ तस्करी हुन लागेको १ हजार केजी टुक्रा सुपारी सशस्त्र प्रहरी बलले रुपन्देहीको सिद्धार्थ नगरनगरपालिकाको भुजौलीबाट बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल २७ नम्वर गणबाट खटिएको टोलीले उक्त सुपारी बरामद गरेको सो गणका गणपति एसपी राजेश उप्रेतीले जानकारी दिनुभयो । उहांका अनुसार २० वटा बोरामा लुकाएर राखेको अवस्थामा उक्त सामान बरामद भएको हो ।

६ लाख मुल्य बराबरको उक्त सुपारी कहांबाट कटिङ भएर ल्याइएको हो भन्ने बारेमा खोजविन भइरहेको एसपी उप्रेतीले जानकारी दिनुभयो । एसपी उप्रेतीले उक्त गणको कमाण्ड सम्हालेपछि चोरी निकासीमा नियन्त्रण आएको स्थानीयले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्