तीजको अवसरमा सेनाको कालिजंग गणले ग-यो वृृक्षारोपण



मोतीराम तिमल्सिना, काभ्रे ।

मण्डलीदेवी सामुदायिक वन उपभोक्ता समुह धुलिखेल नगरपालिका वडा नम्वर ३ कुत्तालमा नेपाली सेनाको कालीजंग गणले ‘ग्रो ग्रिन क्यापेनिङ्ग’ अन्र्तगत हरितालिका तीजको अवसर पारी बृक्षारोपण गरेको छ । साथै भकुण्डे बाहिनी परिसरमा तीजको अवसरमा वृृक्षारोपण गरिएको छ ।


नेपाली सेनाले विद्यालय स्तरमा गठन गरेको राष्ट्रिय सेवा दल एल्मुनाई एशोसियसनको सक्रिय सहभागितामा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, जनप्रतिनिधिहरु, सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारी र स्थानीयहरुको सहभागिता रहेको थियो । ‘काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाको विभिन्न स्थानमा ‘ग्रो ग्रिन क्यापेनिङ्ग’ अभियान संचालन भईरहेको छ’– कालिजंग गण धुलिखेलका गणपति प्रमुख सेनानी मिलन थापालेभन्नुभयो–‘विभिन्न स्थानमा भएको वृृक्षारोपणमा स्थानीय सरकार, राष्ट्रिय सेवा दल एल्मुनाई एशोसिएसन, सुरक्षाकर्मी र स्थानीयहरुको सहयोग र समन्वय छ ।’ सामुदायिक वन, सार्वजनिक क्षेत्र तथा विद्यालय, सडक परिसर खालि स्थानमा वृृक्षारोपण कार्यक्रम संचालन भईरहेको छ । अभियान शुरु भए पछि नेपाली सेनाले विभिन्न जातका झण्डै तीन हजार विरुवाहरु वृृक्षारोपण गरिएको छ ।

मण्डलीदेवी सामुदायिक वन उपभोक्ता समुहको ८७ रोपनी जमिन मध्ये केहि क्षेत्रमा बृक्षारोपण गरिएको थियो । १ सय ८० घर धुरीले उपभोग गर्ने उक्त बनलाई हरियाली बनाई राख्न र बन मार्फत आयआर्जन गर्ने उदेश्यले वृृक्षारोपण कार्यक्रम शुरु गरिएको अध्यक्ष प्रल्हादप्रसाद आचार्यले बताउनु भयो । नियमित वन हेरालु मार्फत वन संरक्षण गरी वृृक्षारोपण गरिएका विरुवाहरु तथा वनको सरक्षण गर्ने योजनामा रहेको सचिव ढोलबहादुर तामाङले बताउनु भयो । सदरमुकाम धुलिखेल नजिकैको क्षेत्रलाई हरियाली निर्माण गरी वातावरण संरक्षण सँगै आन्तरिक र बाह्य पर्यटकहरुको आर्कषण बढाउन वृृक्षारोपण गरी थप हरियाली बृद्धी गर्ने अभियानमा स्थानीय सरकारको सहयोग रहेको वडा अध्यक्ष विनोद पराजुलीले बताउनु भयो ।

वृृक्षारोपण शुरु गर्दै प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले हरियो बन नेपालको धन बन्ने उखानलाई आत्मसाथ गर्दै हरियालीसँगै आयआर्जन हुने विरुवाहरुको रोपण गर्न सुझाव दिनु भयो । ‘सामुदायिक वनहरुमा लगाईने विरुवाहरु हरियाली, वातावरणसँगै आयआर्जनसँग जोडिने हुनुहुपर्छ’–प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भन्नुभयो–‘वृृक्षारोपण महत्वपूर्ण अभियान हो, अभियानलाई दिगो बनाउन वृृक्षारोपण गरिएका विरुवाहरुको संरक्षण उत्तिक्कै महत्वपूर्ण छ ।

वृृक्षारोपण कार्यक्रममा कालिजंग गणका गणपति प्रमुख सेनानी मिलन थापा, प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्री, शशस्त्र एसपी महेश केसी, राष्ट्रिय अनुसन्धान प्रमुख डिएस्पी अरुण कार्की, वडा अध्यक्ष विनोद पराजुली, कार्यपालिका सदस्य सञ्जु तामाङ, न्यायिक समिति सदस्य गणेश आचार्य, वडा सदस्य हिरा तामाङ, सामुदायिक वनका अध्यक्ष प्रल्हादप्रसाद आचार्य, सचिव ढोलबहादुर तामाङ, प्रगति क्लवका अध्यक्ष कुमार तामाङ, राष्ट्रिय सेवा दल एल्मुनाई एशोसिएसनका अध्यक्ष उचित श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । राष्ट्रिय सेवा दल एल्मुनाई एशोसिएसनका सदस्यहरुले वृृक्षारोपणमा सक्रिय सहभागिता जनाएका थिए । सामाजिक अभियानमा सक्रिय रहने गरी राष्ट्रिय सेवा दल एल्मुनाई एशोसिएसन गठन भएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्