अफगानिस्तान संकटविरुद्ध मिलेर कार्य गर्ने चीनकाे सहमति



काबुल ।

चीनसहितका पाँच मुलुकले अमेरिकी सेनाको फिर्तापछि अफगानिस्तानमा सिर्जिएको संकटविरुद्ध मिलेर कार्य गर्ने सहमति गरेका छन् ।

भर्चुअल सम्मेलनमा यी मुलुकका परराष्ट्रमन्त्रीले अफगानिस्तानलाई संकटविरुद्ध सघाउने प्रतिबद्धता पनि जनाएका छन् ।चीनले अफगानिस्तानलाई खाद्यान्न, औषधि र कोभिड–१९ विरुद्धको खोपजस्ता मानवीय सहायता प्रदान गर्ने घोषणा गरेको छ ।

चीनले तालिबान नेतृत्वको अफगानिस्तान सरकारलाई २ सय मिलियन युआन बराबरको सहयोग दिने घोषणा गरेको छ । उक्त रकम खाद्यान्न आपूर्ति र कोरोनाविरुद्धको खोप किन्न दिइने चीनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्