मध्यबानेश्वर आँखा उपचार केन्द्रमा शंकास्पद वस्तु फेला



न्यज अफ नेपाल, काठमाडौं ।

काठमाडौंको मध्यबानेश्वरको एक आँखा उपचार केन्द्रमा शंकास्पद वस्तु भेटिएको छ । प्रहरीका अनुसार मातृका आँखा उपचार केन्द्रको तेस्रो तल्लाको ट्वाइलेटमा शंकास्पद वस्तु भेटिएको छ ।

प्रहरीले बम राखिएको आशंकामा डिस्पोजल टोलीलाई खबर गरिसकेको र गौशाला प्रहरीको टोलीले घटनास्थल गएर अनुसन्धान शुरू गरेको महानगरीय प्रहरी परिसर काठमाडौं एसपी रमेश बस्नेतले जानकारी दिए । उनले भने, ‘शंकास्पद वस्तुबारे अनुसन्धान शुरू भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्