लापरवाहिको हद, ९५ करोडमा बनेको महान्यायाधिवक्ताको कार्यालय जलमग्न



न्युज अफ नेपाल, काठमाडौँ ।

भर्खरै निर्माण सम्पन्न महान्यायाधिवक्ताको कार्यालय भवनमा पानी चुहिँएपछि पार्किङ क्षेत्र जलमग्न बनेको छ ।शर्मा–समानान्तर जेभीले ९५ करोडमा बनाएको कार्यालय भवनमा पानी चुहिएर ताल लागेपछि कर्मचारी चिन्तित बनेका छा् ।

उनीहरुका अनुसार भवनबाटै पानी रसाएर पार्किङ क्षेत्र जलमग्न बनेका हो । उक्त भवन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ८ गते उद्घाटन गरेका थिए । त्यस्तै, महान्यायाधिवक्ताको कार्यालयले भने ढलमा समस्या भएका कारण पानी जमेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्