एमालेको अवरोधका बीच दलसम्बन्धी अध्यादेश पेस, अर्को बैठक शुक्रबार बस्ने



sf7df8f}F, @# ebf}M k|ltlglw;ef a}7s cj?4 Joj:yflksf ;+;b k|f/De x’g ;fy k|d’v k|ltkIf bn g]skf -Pdfn]_sf ;f+;bx? ;+;bsf] a}7s cj?4 ub}{ . tl:a/ /Tg >]i7÷/f;;

न्युज अफ नेपाल, काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेस गरेका छन् । बुधबार बसेको संसदको तेस्रो बैठकमा खाणले अध्यादेश पेस गरेलगत्तै सभामुखले २५ भदौसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका छन् ।

यसअघि नेकपा एमालेको निरन्तरको अवरोधका कारण सभामुख अग्नि सापकोटाले संसद बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । सभामुख सापकोटाले एमालेले कारवाही गरेका १४ जना सांसदलाई निर्णय प्रक्रियामा नलगेको भन्दै बैठक सुरु भएलगत्तै अवरोध गरेको थियो ।

अवरोधपछि १५ मिनेटका लागि बैठक स्थागित गरिएको थियो । १५ मिनेटपछि बसेको दोस्रो बैठक पनि एमालेका सांसदले अवरोध गरेपछि सभामुख सापकोटाले बैठक स्थगित गरेका थिए ।

एमाले सांसदले नाराबाजी नरोकेपछि उनले मागमा आफ्नो ध्यानाकर्षण भएको भन्दै संसद संचालनमा सहयोग गर्न पटक पटक आग्रह गरेका थिए । उनले संविधान, नियम र कानुनअनुसार चल्न आग्रह गर्दै बैठक संचालन गर्न अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्