एमसीसीको विरोधमा माइतीघरमा आज पनि प्रदर्शन



काठमाडौं ।

अमेरिकन सहयोग मिलिनियम चाइलेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता सदनबाट अनमोदन गर्न खोजिएको भन्दै काठमाडौँमा  प्रदर्शन भइरहेको छ।

सोही क्रममा बुधबार पनि विभिन्न राजनीतिक दल र समूहहरूले प्रदर्शन गरेका छन् । बुधबार देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा संयुक्त, नेकपा एकात केन्द्र, नेपालको लागि नेपाली लगायतका पार्टीहरुले माइतीघरमा जम्मा भएर विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले माइतीघरबाट निकालेको र्‍याली नयाँ बानेश्वर पुगेर सभामा परिणत भएको थियो ।

माइतीघरमा भएको विरोध कार्यक्रममा कम्युनिस्ट नेताहरू सिपि गजुरेल र सिपि मैनालीसहितका नेताहरूको उपस्थिति थियो छ ।

प्रतिक्रिया दिनुहोस्