रौतहटको वनमा काठ तस्करी, वन कर्मचारी बेखबर



सञ्जय कार्की,रौतहट ।

रौतहटको बन बाट पछिल्लो समय काठ तस्करी बढदै गइरहेको छ । चोचा सब डिभिजन बन कार्यालय अन्तर्गतको बिभिन्न क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै हरिया सालको रुख कटान गरी गोलिया बनाएर तस्करी हुदै आएको छ ।

चोचा सब डिभिजन बन कार्यालय अन्तर्गत जङ्गलसैया साझेदारी बन क्षेत्रमा पर्ने कालिखोला, भैसीमारा, पथलैया जङ्गल क्षेत्रको दर्जनौ सालका रुखहरु कटान भैसक्दा समेत तस्कर पक्राउ पर्न सकेको छैन । तस्करहरुले साईकल, मोटरसाईकलमा काठ तस्करी गर्दै आएको पाइएको छ । बन कर्मचारीकै मिलोमतोमा तस्करी मौलाउदै गएको आरोप स्थानीयको रहेको छ । एक साता यता मात्रै चोचा सब डिभिजन बन कार्यालय अन्तर्गत मैढा पोष्ट देखि २ किलोमिटर पश्चिम उतरमा पर्ने पथलैया जङ्गल क्षेत्र बाट दर्जनौ सालका रुखहरु कटान भैसकेको छ । एक साता यता तस्करी भएको रुखको गडना र लगत समेत चोचा सब डिभिजन बन कार्यालयले लिएको छैन ।

कार्यालयका अधिकृत राजेश साहको बेवास्ताका कारण चोरी तस्करी बढदै गएको छ । असाढ महिना देखि कार्तिक मसान्त सम्म बनमा आरा, बन्चरो लिएर प्रबेश गर्न नपाईने नीयम भएपनि बन कर्मचारीको मौनताको कारण हरिया सालका रुखहरु जथाभाबी कटान गरी गोलिया बनाएर तस्करी भैरहेको छ । बन संरक्षणको अधिकार र जिम्मेवारी पाएका बन कर्मचारी र तस्करहरुको मिलेमतोमा पछिल्लो समयमा काठ तस्करी बढदै गएको जनगुनासो रहेको छ । बन तस्करीका समाचार सार्बजनिक भैरहदा समेत सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा तस्करहरुले दिन दहाडै तस्करी गर्ने गरेको आरोप रहेको छ ।

बन तस्करी हुदा राजश्व रकम समेत गुम्ने र बन मासिने कार्य भैरहदा समेत बन कर्मचारीहरु नदेखेझै गर्दै आईरहेका छन । बन कर्मचारीहरु गोष्ठि र तालिममा संलग्न भई भता समेत बुझदै आएपनि बन गस्तिमा ध्यान नदिने र तस्कर संगकै साठगाठमा गोलिया काठ बनक्षेत्र बाट पास गराउने आरोप यसअघि देखिनै लाग्दै आएको छ । रौतहटमा २९ हजार ४ सय हेक्टर क्षेत्रफलमा बन जंगल रहेको छ ।

जंगलसहिया, रंगपुर र बृन्दावन गरी तीन वटा साझेदारी वन र ४२ वटा सामुदायिक वन रहेको छ । सम्बन्धित निकायको उदाशिनताका कारण रौतहटको चारकोसे झाडी रहेको बन दिन दिनै उजाड भैरहेको छ । चोचा सब डिभिजन बन कार्यालयका अधिकृत राजेश साह संग प्रतिक्रियाको लागि सम्पर्क गर्न खोज्दा उनको मोबाईल फोन उठेन ।

प्रतिक्रिया दिनुहोस्