दाजुभाइसँग रिस उठेर आमामाथिबन्चरो प्रहार गर्नु सरह हो एमालेको विभाजन: उपमहासचिव पौडेल



यमलाल भुसाल, बुटवल ।

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले माधव नेपालले एमाले विभाजनगर्नु दाजुभाइसँग रिस उठेर आमामाथिबन्चरो प्रहार गरेजस्तै भएको टिप्पणी गर्नु भएको छ । ‘यो गम्भीर अपराधहो, यसलाई इतिहासले माफगर्दैन,’पौडेलले भन्नु भयो, ‘विभाजन सिद्धान्त र एजेण्डाका आधारमाभएको होइन, औचित्य पुष्टि हुन सक्दैन ।

’बुधबार विहान बुटवलमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा पौडेलले माधव नेपाल नेतृत्वको पार्टी एक्लै चुनाव लड्न नसक्ने र गठबन्धन गरेर लड्न अरुले बैशाखीनदिने हुँदाबितारा पर्ने दावीगर्नु भयोे । उपमहासचिव विष्णु पौडेलले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज  कर्पोरेसन (एमसीसी) आजसंसदमा टेबल भएपछि एमालेले तत्काल निर्णय गर्ने बताउनु भयो् ।‘पहिले यो विषय संसदमा आओस् न, हामी राष्ट्रको हितलाई केन्द्रमा राखेर तत्काल निर्णय गर्छौं,’ पौडेलले भन्नु भयो ।

सरकारमा रहेका दलहरुबीच एमसीसीबारे एकमत नभएको भन्दै पौडेलले एमालेमा समस्या नरहेको दावीगर्नु भयो ।कानून बमोजिम एमाले विभाजन गर्न नसकेपछि अध्यादेश ल्याएर विभाजन गरिएको पौडेलले आरोप लगाउनु भयो ।‘४० प्रतिशतलाई २० प्रतिशतमा झारेर एमाले विभाजन गर्ने कोशिश गरिएको छ,’ पौडेलले भन्नु भयो, ‘म प्रधानमन्त्री देउवालाई चुनौतिका साथभन्न चाहन्छु हिम्मत छ भने अध्यादेशलाई निरन्तरता दिनुस् ।कार्यदलले बुझाएको १० बुँदे सिफारिस लुम्बिनी प्रदेशका सबै जिल्लामा सिर्जनात्मक ढंगले कार्यान्वय नहुने पौडेलले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्