महिलाहरूको अन्डरवेर चोर्ने अधबैंसे पक्राउ



टोक्यो,(एजेन्सी) ।

जापानी प्रहरीले महिलाहरूका ७ सय ३० वटा अन्डरवेर चोरी गरेको अभियोगमा एकजना ५६ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । एकजना नाम नखुलाइएकी २१ वर्षीया युवतीले तेत्सुओ उराता नामक ती पुरुषले सुकाइराखेको स्थानबाटै आफ्नो अन्डरवेर चोरेको देखेको उजुरी गरेपछि उनको घरमा छापा मारिएको थियो । स्थानीय प्रहरीले वर्षौंदेखि एकैपटक यति धेरै संख्यामा प्यान्टी जफत नगरेको पत्रकारहरूलाई बताएका छन् । ती २१ वर्षीया कलेज छात्राले २४ अगस्टमा उनले आफ्ना ६ जोर अन्डरवेर चोरेको स्थानीय समचार प्रशारणकर्ता एवेमा टेलिभिजनलाई बताएकी छन् । याहु जापान न्युजका अनुसार प्रहरीले उराताको अपार्टमेन्टकमा ती अन्डरवेर चाङ लगाएर राखेको अवस्थामा फेला पारेको हो भने उनले निर्धक्क आफ्नो अपराध स्विकारेका थिए । बेप्पु शहरका प्रहरीले यस घटनामाथि अहिले थप छानबिन गरिरहेको छ ।

पछिल्ला केही वर्षयता जापानमा यसरी महिलाका अन्डरवेर चोरेको अरोपमा थुप्रै गण्यमान्य पुरुषसमेत पक्राउमा परिसकेका छन् । गत मार्च महिनामा मात्र दक्षिण पश्चिमी सागा क्षेत्रमा किशोरीहरूका ४ सय २४ जोर अन्डरवेर र स्विमिङसुइट चोरेको अभियोगमा ताकाहिरो कुवो नामक एकजना ३० वर्षीय इलेक्ट्रिसियनलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

उनले डोरीमा सुकाउन राखिएका स्विमसुइट चोर्ने प्रयास गरिरहँदा स्थानीय एक वासिन्दाले फिलम खिचेको आधारमा उनी प्रहरीका फन्दामा परेका थिए ।

यसै गरी सन् २०१९मा प्रहरीले ओइता क्षेत्रमा १० वटा महिलाका अअन्डरवेर चोरी गरेको आशंकामा ४० वर्षीय पुरुष तोरु आदाचीलाई पक्राउ गरेको थियो । पछि उनको घरमा छापा मारेर १ हजार १ सय वटाभन्दा बढी अन्डरवेर जफत गरिएको थियो ।

अमेरिकामा पनि शृंखलाबद्ध रूपमा यसरी महिलाहरूको अन्डरवेरहरू चोरी हुने गरेको पाइन्छ । गत जुलाईमा अलवामाका प्रहरीले जोन थोमस उडा नामक एक २७ वर्षीय व्यक्तिको घरबाट ४ सय वटा प्यान्टी भेटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्