‘पाँच वर्षका लागि भारत र डेनमार्कबीच सहकार्य’



इन्डिया न्युज नेटवर्क ।

भारतको डेनमार्कसँग मात्र हरित रणनीतिक साझेदारी रहेको छ । विदेश मन्त्री जयशंकर हाल डेनमार्कको दुई दिने भ्रमणमा रहेका छन् । यसैक्रममा शनिबार दुई देशको चौथो संयुक्त आयोगको बैठक सहभागी हुँदै उनले आगामी पाँच वर्षका लागि भारत र डेनमार्क संयुक्तरूपमा काम गर्ने बताएका छन् ।

जयशंकरले भनेका छन् – ‘हामीले कोभिडको महामारीका बेला पनि कसरी संयुक्त कार्ययोजना अघि बढ्यो भनेर समीक्षा गरेका थियौं। गत वर्ष दुवै पक्षका अधिकारीहरूले निकै उपलब्धि हासिल गरेका छन् । जसका लागि म तिनीहरूलाई बधाई दिन चाहन्छु । हाम्रो संयुक्त आयोगमा १० कार्य समूहहरू थिए। हामीले भर्खरै स्वास्थ्यतर्फ ११ औं समूह थपेका छौं। कोभिडको सन्दर्भमा यसको प्रासंगिकता स्पष्ट छ।’

परराष्ट्रमन्त्रीले शनिबार भारत–डेनमार्क संयुक्त आयोगको चौथो बैठकपछि आफ्नो प्रेस वक्तव्यमा यस्तो बताएका हुन्। बीस वर्षमा यस मुलुकमा भारतीय विदेशमन्त्रीको हैसियतले डेनमार्कको भ्रमण गर्ने जयशंकर पहिलो हुन् ।

दुई देशबीचको सम्बन्धको विशिष्टतालाई औंल्याउँदै उनले डेनमार्कसँग मात्र भारतको हरित रणनीतिक साझेदारी रहेको बताएका छन् ।
उनले भनेका छन् – ‘सबैजना राम्रो विकास र निर्माणतर्फ मात्र केन्द्रित छन् तर हामी हरित विकासतर्फ पनि केन्द्रित हुन चाहन्छौं। यसै सन्दर्भमा डेनमार्क एक अद्वितीय साझेदार हुनजान्छ । किनकि, तपाईंहरूसँग शक्ति, अनुभव र उत्तम अभ्यासहरू छन्। जुन भारतजस्तो देशका लागि धेरै उपयोगी हुनेछ।’

उनले पाँचवटा डेनमार्क कार्यालयका मुख्य अधिकारीसँग पनि छलफल गरेका थिए। जसका बारे उनले भनेका छन् – ‘ग्रुन्डफोर्स, भेस्टास, मस्र्क, हालडोर, तोपसो, र सीआईपीजस्ता कार्यालयले हरित विकास क्षेत्रमा भारतमा एक ठूलो परिवर्तन ल्याउन सक्छन्।’

हाल भारतमा २ सय वटा डेनमार्कका कम्पनी कार्यरत छन् र डेनमार्कमा पनि भारतीय कार्यालय कार्यरत छन्।

उनले भनेका छन्, ‘द्विपक्षीय सहयोगबाहेक, हामी युरोपेली संघसँग कसरी व्यापार र लगानी बढाउन सक्छौं भनेर पनि छलफल गरेका थियौं।’

संयुक्त आयोग बैठकको क्रममा, दुवै पक्षहरूले कोभिड १९ को स्थिति र यसबाट उत्पन्न चुनौतीहरूका बारेमा पनि छलफल भएको छ।

हामीले कोभिडको स्थितिबारे पनि छलफल गरेका छौं । कसरी हामीले यसको सामना गर्‍यौँ । यात्रा र गतिशीलताको मामलामा के कस्ता चुनौती देखिए यसबारे पनि कुरा ग¥यौं। थुप्रै पर्यटक, विद्यार्थी, समुद्री यात्रुहरू, विमान यात्रु एक देशबाट अर्कोमा जान्छन् । गत वर्षदेखि यिनको जीवनमा निकै प्रभाव परेको छ । हामीले यिनको जीवनमा सहजता ल्याउनु जरुरी छ।’

सञ्चार माध्यमसमक्ष जयशंकरले डेनमार्कका रानीलाई पनि भेटेको बारे भनेका छन् – ‘डेनमार्ककी रानीले भेटने अवसर प्रदान गर्नुभएकोमा आफू निकै सम्मानित भएको महशुस गरेको छु । वहाँले भारतको सम्झना गर्नुभयो र द्विपक्षीय सुमधुर सम्बन्धको लागि मनकारी भावना प्रकट गर्नुभयो ।’

प्रतिक्रिया दिनुहोस्