विमानस्थलमा बिकनीमा हिड्ने युवतीको भिडियो भाइरल



न्युयोर्क,(एजेन्सी) ।

अमेरिकाको एउटा विमानस्थलमा बिकिनी र अनुहारमा मास्कमात्र लगाएका महिला ढुक्क भएर हिडिरहेको भिडियो फुटेज सार्वजनिक भएको छ । ‘ह्युमन्स अफ स्पिरिट एयरलायन्स’ नामक एकाउन्टमा पोस्ट गरिएको सो भिडियोमा ती युवती फिक्का हरियो रंगको बिकनी लगाएर र ब्याकप्याक भिरेर अमेरिकाको नाम नखुलेको एउटा विमानस्थलको टर्मिनल भवनमा हिडिरहेको देखिन्छिन् ।

बिहीबार राति इन्स्टाग्राममा पोस्ट गरिनासाथ भाइरल भएको सो भाइरल भिडियोको कयाप्सनमा लेखिएको छ, ‘तपाईंको अपराह्न स्विमिङ पुल पार्टी स्पिरिट एयरलाइन्सको चार बजेको उडानमा उड्नुहोस् ।’ एकैछिनमा ८ हजारभन्दा बढिले हेरको सो भिडियोमा अर्को क्याप्सन लेखिएको छ, ‘कमसकेम यिनले मास्क त लगाएकी छन् ।’

अमेरिकाको संघीय उड्डयन प्रशासन (एफइए) ले दुई वर्ष उमेरमाथिको सम्पूर्ण हवाई यात्रुले सम्पूर्ण विमानस्थल र उडानमा मास्क अनिवार्य लगाउनुपर्ने नियम बनाएको छ । यो नियम कम्तीमा आगामी सन् २०२२ को जनवरी १८ सम्म लागु हुनेछ ।

एएफएफले गत अगस्टमा मात्र यस नियमको म्याद थपेको हो । यो नियम उल्लंघन गर्नेलाई २ सय ५० देखि १ हजार ५ सय अमेरिकी डलर जरिवाना हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्