उपत्यकामा असोज १ देखि विद्यालय खुल्ने



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं उपत्यकामा आगामी असोज १ देखि विद्यालय खुल्ने भएको छ । सोमबार काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले स्थानीय तहका प्रतिनिधि, अभिभावक र शिक्षकसँग छलफल गरेरआगामी असोज १ गतेदेखि विद्यालय खुल्ने निर्णय भएको बताएका हुन्।

उनले भने, ‘विद्यालयल खुलाउने कि नखुलाउने भन्ने विषयमा सोमबार बोलाइएको बैठकमा स्थानीय तहका प्रतिनिधि, अभिभावक र शिक्षकसँग छलफल गरियो । बैठकले कोरोनाको अवस्था मूल्यांकन गरी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने भन्ने निर्णय गरेको छ ।’

उनका अनुसार विद्यालय सञ्चालन गर्दा तोकिएबमोजिम अनिवार्य रुपमा स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्ने । विद्यालयले स्वास्थ्य प्रोटोकल पालना गरे नगरेको अनुगमन गर्ने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्