चीनका लागि जर्मनीका राजदूतको निधन


बेइजिङ ।

चीनका लागि जर्मनीका राजदूत जन हेकरको निधन भएको छ । जर्मनीको केन्द्रीय विदेश मन्त्रालयले उहाँको निधन भएको सोमबार पुष्टि गरेको छ । “चीनका लागि जर्मनीका राजदूत जन हेकरको निधन भएको खवरले हामी अत्यन्त दुःखी छौँ,” मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

उहाँका परिवारजन र निकट मित्रहरुप्रति मन्त्रालयले सहानुभूित व्यक्त गरेको छ । बेइजिङ् खटाउनु अगाडि उहाँ चान्सलर एंगेला मर्केलको विदेश ममिला सल्लाहकार हुनुहुन्थ्यो ।

चर्चित बरिष्ठ कुटनीतिज्ञ जन हेकरलाई अघिल्लो महिना मात्रै चीनका लागि जर्मनीको राजदूतका रुपमा बेइजिङ् पठाइएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।