अफगान महिलाहरूको विरोध प्रदर्शन असफल



काबुल, (एजेन्सी)  ।

तालिवान अधिकारीहरूले अफगानिस्तानको राजधानी काबुलमा केही दर्जन महिलाले गरेको विरोध प्रदर्शन तितर–बितर पारिदिएका छन् । अमेरिकाको नेतृत्वमा रहेको विदेशी फौजले अफगान भूमि छाड्ना साथ इस्लामिक लडाकु समूह तालिवानले सम्पूर्ण अफगानिस्तानमाथि कब्जा गरे यता पहिलोपटक महिला समूहले यसरी तालिवानको विरोध गर्ने आँट गरेको हो ।

यस प्रदर्शनकारी महिला समूहले तालिवानले अश्रुग्यास र खुर्सानीको धुलो छ्यापेर तालिवान अधिकारीहरूले राष्ट्रपति भवनतर्फ जाँदै गर्दा एउटा पुलमै रोकेको बताएको छ । अहिले धमाधम काबुल र हेरात शहरमा महिलाहरूले आफ्ना हकहित र अधिकारको सुनिश्चितताको माग गर्दै विरोध प्रदर्शन गर्न थालेका छन् । तिनीहरूले काम फर्कन पाउनुपर्ने र सरकारमा महिलाहरूको पनि सहभागिता रहनुपर्ने माग पनि अघि सारेका छन् ।

तालिवान समूहले महिलाहरूलाई सरकारमा लान त सकिने त मन्त्री पद दिन नसकिने विचार व्यक्त गरेको छ । अफगानिस्तानका अधिकांश महिलाहरू अहिले आफूहरूलाई तालिवानले सन् १९९६ देखि २००१ सम्म सत्तामा रहँदाजस्तो कठोर व्यवहार गर्ने हो की भनेर त्रसित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्