जैविक ई को कोभिड १९ खोप कोर्बेभ्याक्स चिकित्सकीय परीक्षणका लागि स्वीकृत



इन्डिया न्युज नेटवर्क ।

भारतीय औषधि नियन्त्रक जनरल (डीसीजीआई) ले जैविक ई को कोभिड १९ खोप कोर्बेभ्याक्सलाई दुई चरणको चिकित्सकीय परीक्षण गर्न स्वीकृति दिएको छ ।

परीक्षणअन्तर्गत बालबालिका तथा किशोरकिशोरीहरूमा दोस्रो र तेस्रो चरणको चिकित्सकीय परीक्षण गरिनेछ ।

कोर्बेभ्याक्स एक आरबीडी प्रोटिन उप–इकाई खोप हो। यो खोप वयस्क जनसंख्यामा तेस्रो चरणको सक्रिय नियन्त्रित र ५ वर्ष र सोभन्दा माथिका बालबालिका तथा किशोरकिशोरीहरूमा दोस्रो र तेस्रो चरणको चिकित्सकीय परीक्षणका लागि आधिकारिक स्वीकृति प्रदान गरिएको छ ।

शुक्रबार जारी एक आधिकारिक प्रेस विज्ञप्तिअनुसार विषय विशेषज्ञ समिति ९एसईसी० ले पहिलो र दोस्रो चरणको परीक्षण परिणामको समीक्षापछि डीसीजीआईले वयस्क जनसंख्यामा तेस्रो चरणको तुलनात्मक सुरक्षा र प्रतिरक्षा प्रतिरोध परीक्षणको अनुमति दिएको हो।

त्यसै गरेर यस खोपले सेप्टेम्बर महिनाको १ तारिखमा नै बालबालिका र किशोरहरूमामा कोर्बेभ्याक्स खोपको सुरक्षा, प्रतिक्रिया, सहनशीलता र प्रतिरोधात्मकताको मूल्यांकन तथा परीक्षण गर्न अनुमति प्राप्त गरेको थियो।

भारत सरकारको विज्ञान र प्रविधि मन्त्रालयअन्तर्गत जैव प्रौद्योगिकी विभाग ९डीबीटी० र यसको पीएसयू तथा जैव प्रौद्योगिकी उद्योग अनुसन्धान सहायता परिषद् (बिराक) ले यस खोपको अर्को चरणको परीक्षणको लागि समर्थन प्रदान गरेका थिए ।

कोभिड सुरक्षा अभियान तथा कोभिड १९ अनुसन्धान कन्सोर्टियाअन्तर्गत राष्ट्रिय औषधि अभियान बिराकले यस खोप परीक्षणका लागि आर्थिक सहयोग प्रदान गरेको थियो ।

बिराक, डीबीटी अध्यक्ष रेनु स्वरूपले एक प्रेस विज्ञप्तिमा भनेकी थिइन्,– ‘बिराकले आत्मनिर्भर भारतको तेस्रो चरणअन्तर्गत कोभिड १९ सुरक्षा अभियानका लागि यस परीक्षणको समर्थन गरेको छ। हामी सुरक्षित र प्रभावकारी खोप उत्पादन गर्न प्रतिबद्ध छौं। बालबालिका र वयस्कका लागि चाँडै कोर्बेभ्याक्स तयार हुनेमा हामी विश्वस्त छौं।’

‘डीसीजीआईबाट अनुमति प्राप्त गर्दा हामी निकै खुशी छौं। यस अनुमतिका कारण हामी सुरक्षित र प्रभावकारी खोप उत्पादन गर्न प्रतिबद्ध भएका छौं।’ जैविक ई लिमिटेडका प्रबन्ध निर्देशक महिमा दतलाले भनिन्।

हैदराबादस्थित जैविक ई लिमिटेड कम्पनी एक औषधि निर्माण र जीवविज्ञान कम्पनी हो । यसको स्थापना सन् १९५३ मा भएको थियो। यो भारतको पहिलो निजी जैविक उत्पादन कम्पनी हो भने दक्षिण भारतको पहिलो औषधि कम्पनी हो।

यस कम्पनीले खोपको विकास, निर्माण र चिकित्सकीय आपूर्ति गर्ने गर्दछ। यस कम्पनीले सयभन्दा बढी देशहरूमा खोप आपूर्ति गर्दछ र यसको चिकित्सीय उत्पादनहरू भारत र संयुक्त राज्य अमेरिकामा बेचिन्छ । बीईसँग हाल विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० द्वारा अनुमोदित ८ वटा खोप सूचीकृत छन्।

प्रतिक्रिया दिनुहोस्