काठमाडौँमा यस वर्षकै धेरै वर्षा, विष्णुमती क्षेत्रमा बाढी (भिडियोसहित)

70.88k
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

काठमाडौँमा यस वर्षकै सबैभन्दा ठूलो वर्षा भएको छ । राति २ बजेदेखि काठमाण्डौ उपत्यकाका धेरै ठाउँमा मेघगर्जनसहित ठूलो पानी परेको छ ।

मौसमविद् मिनकुमार अर्यालका अनुसार काठमाण्डौमा पछिल्लो २४ घण्टामा १०५ मिलिमिटर वर्षा भएको छ । मनसुनी न्यून चापीय रेखा सामान्य अवस्था भन्दा तल रहे पनि बङ्गालको उत्तर पूर्वी भू–भागमा बनेको जलवाष्पयुक्त हावाको प्रभावले स्थानीय वायुको समेत विकास हुँदा मेघगर्जनसहित ठूलो पानी परेको मौसमविद्ले जानकारी दिएका छन् । भारी वर्षका कारण काठमाडौँको विष्णुमतीमा बाढी आएको छ ।

लगातारको वर्षका कारण काठमाडौँको केश्वर, डल्लु, टेकु, तहाचल, वनस्पति चोक, नयाँ बसपार्क, परोपकार केन्द्र, माछापोखरी, गुह्येश्वरी, जोरपाटी र कालोपुललगायतका क्षेत्र डुबानमा परेको थियो । हालसम्म १ सय ३८ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

भिडियो : निमान महर्जन

IMG_49335530

IMG_28261913