एघार वर्षमै टयाक्टर चलाएर सबैलाई चर्कित पारे शुसान्त पाठकले



विमल विष्ट,डोटी ।

खाने मुखलाई जुगाले छेक्दैन भने जस्तै काम गर्नलाई उमेरले छेक्दैन भन्ने एक ज्वलन्त उदाहर दिएका छन डोटीको जोरायल गाउँपालिका–२ रिठा तथा हाल गोदावरी नगरपालिका–६ कैलाली बडेहा बस्ने ११ वर्षीय बालक शुसान्त पाठकले । उनले ११ बर्षको नाबालक उमेरमा टयाक्टर चलायर सम्पूर्ण काम गर्न थालेका छन् । सुरु सुरुमा घरमा आमा, बुबाले टयाक्टर चलाउन त परै जाओस छुन समेत नदिने गरेको भएपनि उनले लुकिछिपी टयाक्टर चलाउने गरेका थिए ।

अहिले शुसान्तले टयाक्टर चलाउन सिकेपछि उनका बुबाले पनि कामका लागि टयाक्टर दिने गरेको बालक शुसान्तले बताउनुभयो । उहाँले भन्नुभयो, “घरमा टयाक्टर थियो, बुबा भन्दा आमाले त छुनै दिनु हुन्नथ्यो, मैले बुवाले चलाएको टयाक्टर हेर्थे अनि लुकी लुकी चलाउन सिकै, अहिले त सबै खुशी छन्, काम गर्न पनि टयाक्टर दिन्छन् ।” शुसान्तले टयाक्टरको ट्राली जोड्ने, खेत जोत्ने, गिट्टी, बालुवा ल्याउन थालेपछि घरका मान्छेदेखि अन्य छरछिमेकमा रहेका मानिस पनि चकित परेका छन् । अहिले उनले चलाएको टयाक्टर हेर्नेको उनको गाउँमा भिड नै लाग्ने गरेको स्थानीय भगवती कठायतले बताउनुभयो ।उहाँले भन्नुभयो, “सानो बालक छ, मजाले टयाक्टर चलायर खेत जोत्नेदेखि सामान ढुवानी गर्छ, हामी त अचम्म परेका छौँ ।” बच्चालाई चोट पटक लाग्ला भनेर मैले टयाक्टर त परेजाओस साइकिल मिेत चलाउन दिएको थिएन, टयाक्टर चलाउन थालेपछि म आफै चकित परे शुसान्तकी आमा धर्मा जोशी पाठकले भन्नुभयो, “साइकिल पनि नचलाओस भनेर मैले त्यसको खुट्टा नपुग्ने ठूलो साइकिल किने, छोरो त टयाक्टर चलाउने पो भयो, अचम्म नपरेर के गर्नु, खुशीसँगै चकित परेकी छु ।” शुसान्तले टयाक्टर, कार, मोटरसाइकिल सबै चलाउन सक्षम भएका छन् ।

सानै उमेरमा टयाक्टर, कार, मोटरसाइकिल चलाउने शुसान्त सम्भवतः सुदूरपश्चिम प्रदेशमै पहिले बालक भएको उनका बुवा दीनेशराज पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो छोरा अहिले ११ वर्षको भयो, उसले ९ वर्षदेखि टयाक्टर चलाउन थालेको हो, सुदूरपश्चिममा पहिलो बालक होला यति सानो उमेरमा गाडी चलाउने व्यक्ति ।” शुसान्तले टयाक्टर चलाउन सिकेसँगै उहाँका बुवालाई काममा पनि निकै हलुङ्गो भएको बताइएको छ । उता अस्थायी ट्राफिक प्रहरी कार्यालय बुडरका प्रमुख हर्क साउँदले नेपाल सरकारको नियम अनुसार १८ वर्ष भन्दा तलको व्यक्तिलाई सवारी चालक अनुमती पत्र दिन नमिल्ने व्यवस्था भएका कारण शुसान्तले हाइवे सडकमा गाडी चलाउन नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “शुसान्तले सानै उमेरमा आफ्नो कला कौषल देखाए त्यो राम्रो विषय हो, तर १८ वर्ष नपुगी चालक अनुमती पत्र नदिइने नियम रहेकाले सडकमा चलाउन नपाइने नियम छ, सडकमा गाडी ल्याउनु भएन ।”

प्रतिक्रिया दिनुहोस्